अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४१ | Colorodo: 14:56

निर्वाचन आचासंहित उल्लंघनको आरोपमा जापानी मन्त्रीद्वारा पदबाट राजीनामा

बिआरटीनेपाल २०७६ कार्तिक ८ गते ९:०४ मा प्रकाशित

जापानका वाणिज्य मन्त्री इशु सुगवाराले निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा पदबाट राजीनामा दिनुभएको छ । उहाँमाथि चुनावी आचारसंहिता उल्लंघन गरेको आरोप लागेको थियो। जापानका सञ्चारमाध्यमहरूले जनाएअनुसार सुगवाराले टोकियो निर्वाचन क्षेत्रमा महँगा फलफूल तथा सी–फुड बाँड्नुभएको थियो । उहाँले शोकमा रहेको एक परिवारलाई सहयोगबापत २० हजार जापानी येन ग्रहण गर्न आग्रह पनि गर्नुभएको थियो ।

जापानमा शोकसन्तप्त परिवारलाई सहयोगस्वरुप पैसा दिने आमप्रचलन छ । तर, त्यहाँको निर्वाचन कानुनले मतदातालाई पैसा तथा उपहार बाँड्न निषेध गरेको छ । पहिलोपटक यो खबर सार्वजनिक गर्ने स्थानीय अखबारले मन्त्रीले सचिवमार्फत त्यस्तो सहयोग बाँडेको खुलासा गरेको थियो।

सुगवाराले बाँडेको फलफूलको सूचि प्रकाशित गर्दै अखबारले लेखेको छ, ‘मन्त्री सुगवाराले फलफूल तथा सी–फुड बाँडेका थिए, बदलामा मतदाताबाट उपहार बुझिलिएको भरपाई प्राप्त गरेका छन्।’ शुक्रबार पत्रकारहरुबीच बोल्दै मन्त्री सुगवाराले ‘आँफूबाट निर्वाचनसंहिता उल्लंघन भए–नभएको निक्र्यौल गर्ने प्रयत्न गरिरहेको’ भए पनि राजीनामाको निर्णयमा पुगेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू