अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२७ | Colorodo: 19:42

युरोपा लिग फुटवल– आर्सनल, म्यान्चेस्टर युनाइटेड र वुल्भरह्याम्पटन वान्डरर्स विजयी

बिआरटीनेपाल २०७६ कार्तिक ८ गते ९:०४ मा प्रकाशित

युरोपा लिग फुटबलका सम्पन्न पछिल्ला खेलहरुमा इङ्गलिस क्लबहरु आर्सनल, म्यान्चेस्टर युनाइटेड र वुल्भरह्याम्पटन वान्डरर्स विजयी भएका छन् । गएराती भएको खेलमा आर्सनलले पोर्चुगलको भिटोरिया एस.सी लाई २–१ ले हरायो ।यसैगरी म्यान्चेस्टर युनाईटेडले सर्वियाको पार्टीजान बेलग्रेडलाई १–० ले हराउँदा वुल्भरह्याम्पटन वान्डरर्सले स्लोभाकियाको स्लोभान ब्रातिस्लाभालाई २–१ ले हराएको छ ।

सम्पन्न अर्को खेलमा स्पेनको सेभिया र इस्पानियोल विजयी हुँदा गेटाफे भने पराजित भएको छ । यसैगरी स्विटजरल्याण्डको एफसी बाजल, पोर्चुगलको स्पोर्टीङ लिस्बन र एफ.सी ब्रागा, स्कटल्याण्डको सेल्टिक, नेदरल्याण्ड्सको ए.जेड. अल्कमार र स्विट्जरल्याण्डको योङ ब्वाइज पनि विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू