अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३१ | Colorodo: 23:46

आलोपालो सरकारको नेतृत्व बारे कुनै सहमति भएको छैनः कार्यवाहक प्रधानमन्त्री पोखरेल

बिआरटीनेपाल २०७६ कार्तिक ८ गते ०:३५ मा प्रकाशित

नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने कुनै सम्झौता नभएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँग  कुरा गर्दै उहाले दुुवै अध्यक्षबीच पार्टी एकीकरणका बेला त्यस्तो कुनै सहमति नभएको प्रष्ट  पार्न्नुभयो । दुई अध्यक्षबीच दैनिक भेटघाट र पार्टीका विषयमा छलफल भइरहेको पोखरेलको  भनाइ छ । दुवै पार्टी अलग–अलग पृष्ठभूमिबाट आएका हुुनाले पार्टीभित्र छलफल र बहस हुुनुु सामान्य कुुरा भएकाले यसलाई हामीले विवाद भन्न नमिल्ने उहाको धारणा थियो ।

“अखबारमा आएका दुुई अध्यक्षबीच विवादसम्बन्धी समाचारमा सत्यता नभएको” टिप्पणी गर्दै पोखरेलले आवश्यकताअनुुसार दुुवै अध्यक्षले पार्टीको कामको जिम्मेवारी लिन सक्नुहुने धारणा व्यक्त गर्नुभयो ।

रक्षामन्त्री पोखरेलले नेकपा विप्लव समूहले राखेको शर्तको आधारमा वार्ता हुन नसक्ने स्पष्ट पार्दै शान्तिपूर्ण मूलधारको राजनीतिमा आउनेलाई सरकारले सदैव स्वागत गर्ने स्पष्ट पार्नुभयो । सभामुख कसलाई बनाउने सम्बन्धमा पार्टीभित्र कुनै छलफल नभएको उहाँको भनाइ थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू