अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०६ | Colorodo: 23:21

अष्ट्रेलियाको चट्टान उलुरुको आरोहणमा प्रतिबन्ध

बिआरटीनेपाल २०७६ कार्तिक ८ गते ०:२० मा प्रकाशित

मध्य अष्ट्रेलियाको उत्तरी भूभागमा अवस्थित ठुलो बलौटे चट्टान उलुरुको आरोहणमा प्रतिबन्ध लगाइने भएको छ ।युनेस्कोको विश्व सम्पदा क्षेत्रको सूचीमा परको यो विशाल चट्टान काटा टिजुटा नेसनल पार्कमा अवस्थित छ । यसलाई स्थानीय आदिवासी समुदायले धार्मिक स्थलको रुपमा लिने गरेका छन् ।

कस्टोडियन, आनागुवा आदिवासी समुदायले धेरै समय अघिदेखि यसको आरोहणमा प्रतिवबन्ध लगाउनु पर्ने आवाज उठाउँदै आएका थिए । प्रतिबन्ध लगाइने खबर सार्वजनिक भएसँगै हजारौं पर्यटक उलुरु चट्टान आरोहणका लागि पुगेका छन् ।

आरोहणको आज अन्तिम दिन भएकाले त्यहाँ हजारौं पर्यटकको घुइँचो लागेको छ । उलुरु चट्टान चढ्ने अन्तिम व्यक्ति हुन पाइएको भन्दै पर्यटकहरु पनि निकै उत्साहित देखिन्छन् ।

पार्कको राष्ट्रिय वोर्डले धार्मिक र वातावरणीय कारण देखाउँदै सन् २०१७ मा आरोहण बन्द गर्ने निर्णय गरेको थियो ।

दुर्घटना र तापक्रमजन्य कारणले सन् १९५० यता उलुरु चट्टान आरोहणका क्रममा दर्जनौ व्यक्तिहरुको ज्यान गइसकेको छ । यो चट्टान ३ सय ४८ मिटर अग्यो  छ भने यहाँ गर्मीयाममा ४७ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू