अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१६ | Colorodo: 11:31

हिन्दुहरुको दोश्रो ठुलो चाड तिहार अर्थात् यमपञ्चक शुरु

बिआरटीनेपाल २०७६ कार्तिक ८ गते ०:१२ मा प्रकाशित

हिन्दुहरुको दोश्रो ठुलो  चाड यमपञ्चक अर्थात् तिहार आजबाट सुरु भएको छ। यसपालीको तिहारमा शुक्रबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

यस वर्ष यमदीपदान शुक्रबारदेखि सुरु हुने भएपनि काग तिहार भोलि अर्थात् कात्तिक ९ गते शनिबार परेको समितिले जनाएको छ । उसका अनुसार धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि शनिबार नै परेको छ।

प्रायजसो तिहारमा गाईपूजा र लक्ष्मीपूजा एकै दिनपर्ने भए पनि यो वर्ष भने लक्ष्मीपूजाका दिन कुकुर तिहार परेको छ।यस्तै कात्तिक १० गते लक्ष्मीपूजा र कुकुर तिहार परेको छ।बिहान कुकुरपूजा गरेर बेलुका लक्ष्मीपूजा गर्नुपर्ने गौतमको भनाइ  छ। त्यस्तै कात्तिक ११ गते गाईगोरु पूजा, म्हपूजा परेको छ।

म्ह पूजाको दिन नेपाल सम्वत प्रारम्भ हुने भए पनि यस वर्ष भने म्हः पूजाको भोलिपल्टदेखि नेपाल सम्वतको नयाँ वर्ष ११४० प्रारम्भ हुनेछ ।नेपाल सम्वतको प्रारम्भ भने कात्तिक १२ गते मात्र हुनेछ ।भाइटीका कात्तिक १२ गते र शुभसाइत दिनको ११:५५ मा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू