अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४८ | Colorodo: 00:03

गैर आवासीय नेपाली सङ्घ र नेपाल उद्योग परिसंघ बिच सहकार्य गर्ने सहमति

बिआरटीनेपाल २०७६ कार्तिक ७ गते १२:०१ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घका पदाधिकारी र नेपाल उद्योग परिसंघलका पदाधिकारी बिच मिति २०७६ कार्तिक ७ गते बुधवारको दिन नेपाल उद्योग परिसंघको कार्यालयमा सहकार्यको लागि एक बैठक बसेको छ ।

उक्त बैठकमा सङ्घका नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षलाई स्वागत गरिएको थियो । बैठकमा आपसी सहयोग र सहकार्य बढाउने बारे व्यापक छलफल भयो । छलफल विशेष नेपालमा लगानी प्रवर्धन, विदेशबाट ज्ञान सिप प्रविधि हस्तान्तरण र गैर आवासीय नेपालीहरूलाई नेपालको आर्थिक विकासमा सहभागी बनाउने बारे केन्द्रित थियो ।

बैठकमा नेपाल उद्योग परिसंघका तर्फबाट संयुक्त सहकार्यको विषयमा गैर आवासीय नेपाली सङ्घसँग सहकार्य गर्ने इच्छा प्रकट गरियो । बैठकमा गैर आवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तले नेपाल उद्योग परिसंघसंग मिलेर काम गर्न र परिणाम देखाउन आफू इच्छुक भएको धारणा व्यक्त गर्नु भयो । बैठककै अवसर पारेर दुई संस्था बिच सहकार्य गर्ने सम्बन्धमा एक सहमति पत्रमा समेत हस्ताक्षर गरियो ।

उक्त सहमति पत्रमा गैर आवासीय नेपाली सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त र नेपाल उद्योग परिसंघको तर्फबाट अध्यक्ष सतिश कुमार मोरले हस्ताक्षर गर्नुभयो । कार्यक्रममा गैर आवासीय नेपाली सङ्घको तर्फबाट उपाध्यक्ष डा. बद्री के.सी., प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडी र नेपाल उद्योग परिसंघको तर्फबाट निवर्तमान अध्यक्ष, उपाध्यक्षहरु, कार्य समिति सदस्यहरू, महानिर्देशक र निर्देशक समेतको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू