अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५४ | Colorodo: 19:09

चितवनलाई वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि

बिआरटीनेपाल २०७६ कार्तिक ७ गते ९:४९ मा प्रकाशित

चितवन राइनोजले काठमाडौं क्याट क्विन्सलाई पराजित गरी वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि जितेको छ । राइनोजले फाइनलमा क्याट क्विन्सलाई सजिलै ४५ रनले पराजित गरेको हो । क्याट क्विन्सले टस जितेपछि ब्याटिङको निम्तो पाएको चितवनले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा चार विकेट गुमाई एक सय १२ रन बनाएको हो ।

जवाफमा आएको क्याट क्विन्स पुरा २० ओभर खेलेर ६७ रनमा अलआउट भएको छ । नेपालको पहिलो फ्रेन्चाइज महिला क्रिकेट लिगको उपाधि जितेर राइनोजले ७ लाख पाएको छ । उपविजेता क्याट क्विन्सले ३ लाख पाएको छ । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा भएको प्रतियोगिताको उत्कृष्ट खेलाडीमा क्याट क्विन्सका रुबिना क्षेत्री हुदै उहाँले नगद ५० हजार र सुजुकी स्कुटर पाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू