अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०९ | Colorodo: 19:24

बेलायतमा मृत भेटिएका ३९ जना ‘चिनियाँ नागरिक’रहेको पुष्टि

बिआरटीनेपाल २०७६ कार्तिक ७ गते ९:४८ मा प्रकाशित

बेलायतको इसेक्समा एउटा लरी कन्टेनरमा मृत भेटिएका ३९ जना ’चिनियाँ नागरिक’ भएको बताइएको छ । चिनियाँ विदेश मन्त्रालयले लरीभित्र भेटिएका ३९ जना सबै चिनियाँ नागरिक भएको पुष्टि गरेको ग्लोबल टाइम्सले ट्विट गरेको छ ।

इसेक्स प्रहरीले भने ३९ जनाकै पहिचान गर्ने प्रक्रिया लामो हुने बताएको बीबीसीले जनाएको छ । प्रहरीले उक्त घटनाका सम्बन्धमा २५ वर्षीय उत्तरी आयरल्याण्डका लरी चालक मो रोबिन्सनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । बुधबार प्रहरीलाई स्थानीय एम्बुलेन्स सर्भिसका तर्फबाट खबर गरिएको थियो ।

उक्त घटनाको अनुसन्धानका क्रममा उत्तरी आयरल्यान्डका अधिकारीहरुले सम्भावित अपराधिक समूह बसेका दुईवटा घरमा छापा मारेको राष्ट्रिय अपराध संस्थाले जनाएको छ । त्यहाँ बस्ने व्यक्तिहरु उक्त घटनासँग सम्बन्धित हुनसक्ने आशंकमा उक्त दुई घरमा छापा मारेको थियो ।

३९ जनामा ३८ वटा शव प्रौढ व्यक्तिका हुन् भने एउटा किशोरको भएको इसेक्स प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो लरी बुल्गेरियाबाट आएको हो । लरी होलिहेड भन्ने स्थानबाट शनिबार बेलायतमा प्रवेश गरेको थियो । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बुधबार ट्विट गर्दै निकै दुखद घटना भएको भन्दै मृतकप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू