अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२३
| Colorodo: 22:38
नेपाली कांग्रेसका सांसद गगन थापाले नेपाल कम्युनिष्ट पार्टीको सरकार संविधानले दिएको क्षेत्राधिकार भन्दा बाहिर गएर सबै संस्थाहरुलाई नियन्त्रणमा लिने बाटोमा अघि बढेको आरोप लगाउनुभएको छ । राजधानीमा बिहीवार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले नेकपाले देशलाई कम्बोडिया जस्तो बनाउन खोजेको आरोप लगाउनुभयो ।
नेता थापाले सरकारले संसदलाई आफ्नो छाया बनाएको तथा न्यायलय पनि सरकारसँग डराएको उल्लेख गर्दै नेपालको अदालत सरकारसँग डराएको अवस्था रहेको टिप्पणी गर्नुभयो । नेपालको संसदलाई सरकारले आफ्नो छायाँ बनाएको उहाको भनाई थियो । जनताको अधिकारलाई संसद भित्रबाट एक पछि अर्को कानुन बनाएर सरकारले खोस्न खोजिरहेको थापाको ठहर छ ।