अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४४ | Colorodo: 22:59

निवर्तमान सभामुख महरालाई ७ दिन थुनामा राख्न तेस्रो पटक म्याद थप

बिआरटीनेपाल २०७६ कार्तिक ७ गते ९:३७ मा प्रकाशित

संघीय संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख एवं निलम्बित सांसद कृष्णबहादुर महरालाई थप ७ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।

म्याद थपका लागि तेस्रो पटक अदालत पुर्याईएका महरालाई अदालतले थप ७ दिन म्याद थप गरेको हो । दशैंअघि नै पक्राउ परेका महराले महिला कर्मचारीमाथि दुर्व्यवहारको आरोप लागेपछि असोज १४ गते सभामुख पदबाट राजीनामा दिनुभएको थियो ।

आफूमाथि महराले बलात्कार प्रयास गरेको भन्दै संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले किटानी दिएपछि प्रहरीले महरालाई असोज १९ गते नियन्त्रणमा लिएको थियो । प्रहरी हिरासतमा रहेका महरा स्वास्थ्यको कारण भन्दै नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ ।

यसअघि सरकारी वकिलको कार्यालयमा भएको बयानमा महराले आफू रोशनीको कोठामा नपुगेको दाबी गर्नुभएको थियो । किटानी दिएकी शाहीले पनि पटक पटक बयान फेर्दै आएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू