अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

विप्लव समूहले हिंसा छाडेर संविधान माने खेल खत्तम – सरकारका प्रवक्ता मन्त्री बाँस्कोटा

बिआरटीनेपाल २०७६ कार्तिक ७ गते ९:३४ मा प्रकाशित

सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले हिंसा छाडेर संविधान माने सम्पूर्ण खेल खत्तम हुने बताउनुभएको छ । विप्लवले आफ्ना कार्यकर्तालाई रिहा गरेर प्रतिबन्ध हटाए वार्ता गर्ने सर्त राखेको प्रसंगमा मन्त्री बाँस्कोटाले छदम्भेषी कुराका पछि सरकार नलाग्ने प्रतिक्रिया दिनुभयो ।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बाँस्कोटाले सरकार छद्मभेषी कुराका पछि सरकार नलाग्ने उल्लेख गर्दै संविधान मानेर हिंसा छाडे पार्टीमाथिको प्रतिवन्त्र स्वतः हट्ने र कार्यकर्तापनि रिहा हुने प्रष्ट पार्नुभयो ।

संविधानले दिएको राजनीतिक अधिकारअनुसार विप्लव हिंसा छाडेर आउनुपर्ने उहाको भनाई थियो । हिंसा छाड्ने हो भने प्रतिबन्ध हटाइराख्नु नपर्ने मन्त्री बाँस्कोटाले बताउनुभयो । नेकपा विप्लव समुहबाट हिंसा मच्चाउने, विकास र प्रगतिको बाटो अवरूद्ध गर्न चन्दा संकलन अभियान चलाउन खोज्नेजस्ता राष्ट्रघाती कदम भएको स्मरण गराउँदै उहाँले हिंसा छाडेर शान्तिको बाटो रोज्न नेकपालाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू