अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१३ | Colorodo: 19:28

पार्टी विभागका विषयमा सहमति हुन नसक्दा कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

बिआरटीनेपाल २०७६ कार्तिक ७ गते ९:३० मा प्रकाशित

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । बिहीबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक पार्टीको विभाग गठनका विषयमा सहमति हुन नसक्दा स्थगित भएको बताईएको छ । बैठक १४ गतेसम्मका लागि स्थगित गरिएको केन्द्रीय सदस्य प्रदिप पौडेलले जानकारी दिनुभयो । विधान अनुसार विभाग गठन गर्नुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको अडानका कारण बैठक स्थगित भएको नेता पौडेलले बताउनुभयो ।

नेपाली कांग्रेसको विधानमा अहिले २८ विभागको व्यवस्था रहेपनि पार्टी सभापति शेरबहादुर देउवाले पुरानै विधान अनुसार ४२ विभागको प्रस्ताव गरेको र त्यो विधान विपरित भएको भन्दै विरिष्ठ नेता रामचन्द्र पौडेलले असहमति जनाएपछि बैठक बस्न नसकेको हो । नयाँ विधान अनुसार नै विभाग गठन हुनुपर्ने वरिष्ठ नेता पौडेलको अडान छ ।

आजको बैठकमा निर्वाचनसम्बन्धी छलफल गरेर उमेदवार चयनका लागि जिम्मेवारी तोक्ने कार्यसूची समेत रहेको थियो । बैठक स्थगित भएपछि यस विषयमा कुनै औपचारिक छलफल नै हुन सकेन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू