अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४४ | Colorodo: 22:59

डीभी भर्न राहदानी अनिवार्य भएपछि सेवाग्राहीको चाप तीन गुणाले वृद्धि

बिआरटीनेपाल २०७६ कार्तिक ६ गते ९:२६ मा प्रकाशित

अमेरिकाले सन् २०२१ का लागि खुला गरेको डाइभर्सिटी भिसा (डीभी) चिठ्ठा भर्न राहदानी अनिवार्य गरेपछि राहदानी लिनेहरुको संख्या ३ गुणा बृद्धि भएको छ । यद्यपि विभागले डीभीमा गरिएको अनिवार्यताकै कारणमात्रै राहदानी बनाउनेको संख्या वृद्धि नभएको प्रष्ट पारेको छ । विभागका महानिर्देशक रामकाजी खड्काले दसैं विदा, आउँदै गरेको तिहार, छठ पर्व, कामदारका लागि मलेसिया खुला हुनुले पनि राहदानी बनाउनेको संख्या वृद्धि भएको जानकारी दिनुभयो ।

महानिर्देशक खड्काले दसैं अगाडि विभागबाट दैनिक ५ सयदेखि ९ सय जना सेवाग्राहीले राहदानी लिने गरेको र पछिल्लो समय उक्त संख्या तीन गुणाले वृद्धि भएको बताउनुभयो ।

उहाँका अनुसार विभागबाट गत आइतबार अहिलेसम्मकै बढी २७ सय २६ राहदानी जारी भएका छन् । मंगलबारमात्रै विभागले २४ सय ४३ सेवाग्राहीलाई राहदानी वितरण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू