अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५९ | Colorodo: 04:14

भारतीय नागरिक भएको प्रमाणित गर्न कांग्रेस नेता कँडेलको चुनौती

बिआरटीनेपाल २०७६ कार्तिक ६ गते ९:२५ मा प्रकाशित

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलले आफ्नो नाममा भारतीय भूमिमा एक इञ्च पनि जमिन भए जुनसुकै कारवाही भोग्न तयार रहेको बताउनुभएको छ । आफूमाथि सञ्चार माध्यमले भारतीय नागरिक भएको आरोप लगाएपछि बुधबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर नेता कँडेलले आफू भारतीय नागरिक भएको पुष्टि गर्नसमेत चुनौती दिनुभएको हो ।

नेता कँडेलले नवरलपरासीको सीमावर्ती भारतीय सहरमा आफ्नी अजुरआमाले स्थापना गरेको राधाकुमारी ईन्टर कलेजको सञ्चालक समितिको चुनावबाहेक कतै पनि मतदान नगरेको पनि दाबी गर्नुभयो । आफूले भारतीय सवारी चालक अनुमतिपत्र भने लिएको कँडेलले स्वीकार गर्नुभएको छ ।

कांग्रेस नेता कँडेल पत्रकार सम्मेलनमा आफूमाथि सञ्चार माध्यमले लगाएका अनेक आरोपको खण्डन गर्ने लिखित दस्तावेजहरुका साथ उपस्थित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू