अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०६ | Colorodo: 14:21

४० केजी ऊन दिएर विश्व रेकर्ड कायम गर्ने भेडाको मृत्यु

बिआरटीनेपाल २०७६ कार्तिक ६ गते ९:१८ मा प्रकाशित

४० केजी ऊन दिएर विश्व रेकर्ड राखेको अस्ट्रेलियाको चर्चित भेडा क्रिसको मृत्यु भएको छ। सन् २०१५ मा क्रिस नामक उक्त भेडाले ४० किलो ऊन दिएर विश्व रेकर्ड कायम गरेको थियो । क्रिसलाई रेखदेख गर्ने संस्था साउथ वेल्स फर्मले यो मरिनो प्रजातिको भेडा रहेको र यसको उमेर अनुमानित १० वर्षसम्म रहने भएकाले मृत्यु स्वभाविक भएको बताएको छ।

क्रिसको शरीरबाट ४०.१ केजी ऊन निकालिएको थियो । करीब ४ वर्ष पहिले क्यानबेराबाट क्रिसलाई उद्धार गरिएको थियो। त्यो बेलामा उसको शरीरमा भएको तौललाई लिएर वन्यजन्तु विशेषज्ञहरुले खतरनाक बताएका थिए। आम भेडाको तलनामा क्रिसको शरीरमा करीब पाँच गुणा बढी तौल थियो। जंगलमा रहेकाले सन् २०१५देखि उसको शरीरमा रहेको ऊनको कटाइ भएको थिएन।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू