अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

“नेपालको संविधान” लाई अन्तर्राष्ट्रिय अवार्ड प्रदान

बिआरटीनेपाल २०७६ कार्तिक ६ गते ९:१० मा प्रकाशित

नेपालको संविधान लाई अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको छ । अन्तर– व्यवस्थापिका संघ – आइपियू को १४१ औँ सम्मेलनका क्रममा नेपालको संविधानलाई अवार्ड प्रदान गरिएको हो । आइपियूको हालै सर्वियामा सम्पन्न सम्मेलनमा ’नेपालको संविधान’लाइ पुरस्कृत गरिएको थियो। युवा सहभागिता, सशक्तीकरण, विभेद अन्त्यको सुनिश्चितता, स्वच्छ वातावरणको सुनिश्चिततालगायत विषय संविधानमा सुनिश्चित गर्दै उदाहरणीय बनेको भन्दै नेपालको संविधानलाई ’फ्युचर पोलिसी सिल्भर अवार्ड– २०१९’ प्रदान गरिएको थियो।

यसैवीच, प्रधानमन्त्री केपी शर्मा ओलीले ’नेपालको संविधान’ अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत भइसकेको अवस्थामा मुलुकमा असन्तुष्टि जनाउनु आवश्यक नभएको बताउनुभएको छ । प्राप्त गरेको पुरस्कार ग्रहण गर्दै बुधबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । उक्त अवार्ड वर्ल्ड फ्युचर काउन्सिलले आइपियू र संयुक्त राष्ट्रसंघ विकास नियोगको सहकार्यमा नेपाललाई प्रदान गरेको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू