अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२५ | Colorodo: 19:40

ब्रक्जिट सम्बन्धी बेलायती प्रधानमन्त्री जोनसनको प्रस्ताव सांसदहरुबाट अस्वीकार

बिआरटीनेपाल २०७६ कार्तिक ६ गते ८:४२ मा प्रकाशित

बेलायती सांसदहरुले प्रधानमन्त्री बोरिस जोनसनले ब्रक्जिट सम्बन्धी विधेयक तीन दिनभित्र समीक्षा गर्न राखेको प्रस्तावलाई अस्वीकार गरेका छन् । हाउस अफ् कमन्समा सांसदहरुले ब्रक्जिट विधेयकलाई समर्थन गरेपछि त्यसको समीक्षाका लागि दिइएको छोटो समयमा विधेयकको विपक्षमा मतदान गरेका हुन् ।

मतदानपछि युरोपियन युनियन काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कले ईयूका नेताहरुले अक्टोबर १ को ब्रक्जिटको म्यादलाई थप गर्न सिफारिस गर्ने सुझाव दिएको बताइएको छ । प्रधानमन्त्री जोनसनले भने अक्टोबर महिनाभरीका लागि ब्रक्जिटको म्याद थप गर्न चाहेको बताउनुभएको छ ।

युरोपियन आयोगका एक जना अधिकारीले भने प्रधानमन्त्री जोनसनको म्याद थप्ने प्रस्ताव आएमा ईयूको काउन्सिल बैठकमा छलफलका लागि लैजाने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू