अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

आईसीसी टी ट्वान्टी वरियतामा नेपाल यथावत

बिआरटीनेपाल २०७६ कार्तिक ६ गते ८:४२ मा प्रकाशित

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी ट्वान्टी वरियतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले अपडेट गरेको टी, ट्वान्टीको नयाँ वरियतामा नेपाल यथावत रहदै १३ औं स्थानमा छ । अघिल्लो महिना पनि नेपाल १३ औं स्थानमै रहेको थियो ।

नयाँ वरियता अनुसार नेपालले २१ खेलबाट १ सय ९० रेटीङ अंक पाएको छ । एसोसियट राष्ट्र मध्यको टी–ट्वान्टी वरियतामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि दुई एसोसियट राष्ट्र स्कटल्याण्ड र युएई रहेका छन् । नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् ।

टी ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत रहेका छन् । दक्षिण अफ्रिका तेस्रो, भारत चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा रहेका छन् । एकदिवसीय वरियतामा नेपाल १७ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू