अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५८ | Colorodo: 20:13

३२ बर्षे उमेर हदलार्ई उल्लंघन गरी नेविसंघको अध्यक्ष बनाए सनेपामा आमरण अनसन बस्छौँ’– नेबि संघ

बिआरटीनेपाल २०७६ कार्तिक ६ गते ८:२५ मा प्रकाशित

नेपाली काग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समिति गठन गर्दा विधानमा व्यवस्था भएको ३२ वर्षे उमेर हदलाई उल्लघंन नगर्न नेविसंघका नेताहरुले चेतावनी दिएका छन् । रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरि नेविसंघका विधानपक्षधर नेताहरुले विधान उल्लघन भए पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन बस्ने चेतावनी दिएका हुन् ।

नेविसंघको विधान २०२७ को सातौ संशोधन– २०७५ को भाग २, धारा ५ को उपधारा ५ मा ‘३२ वर्ष उमेर पूरा भएको व्यक्ति नेपाल विद्यार्थी संघको सदस्य हुन पाउने छैन’ उल्लेख छ । नैनसिंह महर नेतृत्वको कमिटी विघटन भएपछि पार्टीले नयाँ तदर्थ समिति बनाउने तयारी गरिरहेको छ । तर पार्टी नेतृत्वले उक्त तदर्थ समितिमा नेविसंघको विधान उल्लघंन गर्दै ३२ वर्षभन्दा माथिकालाई नेतृत्व सुम्पन्ने तयारी गरेको भन्दै त्यसो गरे आमरण अनसन विधार्थी नेताहरुको चेतावनी छ ।

नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले ४९ वर्षमा आफू प्रधानमन्त्री भएका सभापति शेरवहादुर देउवाले सोही उमेरका व्यक्तिलाई नेविसंघको अध्यक्ष बनाउन खोज्नु लज्जास्पद भएको बताउनुभयो । विधान विपरित आउने नेतृत्वले नेविसंघको सधारण सदस्यता वितरण गर्ने नैतिक हैसियत गुमाउने उहाँको भनाई छ ।

नेविसंघ नेता महेन्द्र भट्टराईले विधान विपरित समिति आए आमरण अनसनसहितको आन्दोलनले त्यसलाई खारेज गराई विधान सम्मत समिति ल्याउन पार्टी नेतृत्वलाई बाध्य पारिने बताउनुभयो । नेविसंघ नेता योगेन्द्र रावलले नेविसंघलाई कुनैपनि हालतमा वृद्ध संघ बन्न नदिने बताउँदै वृद्धहरुले कक्षा कोठाको भावना बुझ्न नसक्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू