अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४७ | Colorodo: 08:02

भारतीय क्रिकेट बोर्ड अध्यक्षमा सौरभ गांगुली

बिआरटीनेपाल २०७६ कार्तिक ६ गते ७:२६ मा प्रकाशित

मुम्बई, भारतीय पूर्व क्रिकेट कप्तान सौरभ गांगुलीले बुधवार भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को अध्यक्षको जिम्मेवारी लिनु भएको छ । बिसिसिआईको मुख्यालयमा सम्पन्न वार्षिक साधारण सभाले गांगुलीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चुनेको थियो । अध्यक्ष पदका लागि गांगुलीको मात्र उम्मेदवारी परेको थियो ।

बोर्डका प्रशासकीय समितिका सदस्य डायना इदुल्जीले बिसिसिआईको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै भारतीय क्रिकेटको इतिहासमा पहिलो पटक कुनै खेलाडीले मुख्य जिम्मेवारी पाएकामा खुसी लागेको बताउनुभयो । यो समितिको म्याद पनि नवनिर्वाचित कार्य समितिले शपथ लिएसँगै समाप्त भएको छ । केन्द्रीय गृहमन्त्री अमित शाहका छोरा एवं गुजराज क्रिकेट सङ्घका जय शाह बोर्डको सचिवमा निर्वाचित हुनुभएको बिसिसिआईको निर्वाचन अधिकृत एन गोपाल स्वामीले बताउनुभयो ।

यस्तै, बोर्डको उपाध्यक्षमा उत्तराखण्ड क्रिकेट सङ्घका महिम बर्मा तथा संयुक्त सचिव पदमा केरला क्रिकेट सङ्घका जयेश जर्जले उम्मेदवारी दिनुभएको छ । हिमाचल प्रदेश क्रिकेट सङ्घका अरुण सिंह धुमलले कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको बोर्डको निर्वाचन समितिले जनाएको छ । यो समाचार गोरखापत्रमा प्रकाशित भएको छ ।

प्रतिक्रिया