अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०१ | Colorodo: 04:16

सुमन बुढामगरलाई अमेरिका फर्कन रोकी न्याय दिन भन्दै श्रीमतीले दिइन उजुरी

बिआरटीनेपाल २०७६ कार्तिक ६ गते ७:१६ मा प्रकाशित

अमेरिका, अक्टोबर २३ । नेपाल अमेरिका कलाकार सङ्घका अध्यक्ष सुमन बुढामगर माथि फेरि अर्को उजुरी परेको छ । यस अघि यौन दुर्व्यवहारको आरोप लागेका बुढामगरलाई अहिले उनैकी श्रीमतीले लालन पोषण नगरेको भन्दै उजुरी दिएकी हुन् । उजुरीमा सुमनलाई तत्काल अमेरिका फर्कनबाट रोकी आफूलाई न्याय दिन माग गरिएको छ ।

नेपालमा रहेकी सुमनकी श्रीमती तारा रोकाय बुढाले ‘श्रीमानले मलाई र बालबच्चाको लालन पालनको खर्च समेत नदिने गरेको र यस बारेमा कुरा गर्दा धम्की दिने गरेको’ भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी थिइन । उनकै उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालयले महानगरीय प्रहरी परिसर टेकुलाई आवश्यक कारबाही गर्न भन्दै पत्र पठाएको छ ।

अध्यागमन विभाग, कालिका स्थानलाई बोधार्थ दिइएको पत्रमा ‘निजलाई अमेरिका फर्कन रोकी प्रहरीमा छलफलका उपस्थित गराउनको लागि मिति २०७६\०७\०६ मा निवेदन दिएकाले आवश्यक कारबाईका लागि उक्त निवेदनको छायाप्रति यसै साथ संलग्न राखी पठाइएको ब्यहोरा आदेशअनुसार अनुरोध छ भनिएको छ ।

यस अघि सुमन माथि एक साङ्गीतिक कार्यक्रममा सहभागी माथि यौन दुर्व्यवहारको आरोप लागेको थियो । वर्ड कनेक्सन युएस इंक नामक संस्थाले आयोजना गर्न लागेको ‘वर्ड नेपाली म्युजिक अवार्ड २०१९’ अन्तर्गत उत्कृष्ट आधुनिक म्युजिक भिडियो मोडल विधामा सहभागी जेनिफर पिनाशा भनिने छिरिङ डोमा शेर्पाले सुमनले आफूलाई पटक पटक मानसिक दबाब दिएको भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी छिन् । दूरबिन नेपाललाई प्राप्त जेनिफर र सुमन बिचमा भएका फेसबुक च्याटका स्क्रिन सटमा सुमनले अवार्डमा टप थ्री सम्म पारिदिने र अमेरिकामा पनि सहयोग गर्ने भन्दै यौन प्रस्ताव गरेका छन् ।

सुमनले जेनिफरलाई धेरै नै माया गर्ने, हेलिकोप्टरमा मनाङ घुम्न जाने प्रस्ताव गरेका थिए । सुमनको कर्तुत बाहिर आए पछि आयोजक संस्थाले उनलाई अवार्ड सम्बन्धी सबै जिम्मेवारीबाट बर्खास्त गरिसकेको छ । अमेरिकामा रहेका कलाकारहरूको संस्थाका अध्यक्ष यस अघि पनि विभिन्न प्रकरणमा विवादमा पर्दै आएका छन् ।

मुख्यतया : नेपाल तथा अमेरिकामा रहेका कलाकारहरूलाई भैपरि आउँदा सहयोग गर्नका लागि अक्षयकोष निर्माण गर्ने भन्दै कलाकार सङ्घले गत वर्ष न्युयोर्कमा स्रष्टा सम्मानमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । एक सय अमेरिकी डलरमा प्रति टिकट बिक्री गरिएको सो कार्यक्रम अपार सफल भएको दाबी गरिएको थियो । तर कार्यक्रम सकिएको एक वर्ष हुनै लाग्दा अक्षयकोषका लागि कुनै पहल नभएको मात्र होइन सो कार्यक्रमको हिसाब नै सार्वजनिक गरिएको छैन । दूरबिन नेपालबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू