अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

क्यानडाको सत्तामा पुनः जस्टिन ट्रूडो, अल्पमतको सरकार बन्ने

बिआरटीनेपाल २०७६ कार्तिक ५ गते ९:२३ मा प्रकाशित

क्यानडाको सत्तामा प्रधानमन्त्री जस्टिन ट्रूडो दोस्रो कार्यालयकामा आउने निश्चित प्राय भएको छ । तर उहाँले यसपटक अल्पमतको सरकार बनाउनु पर्ने देखिएको छ । चार वर्षअघि बहुमतको सरकारको नेतृत्व गरेको ट्रूडोको पार्टी सोमबार भएको चुनावको मतपरिणा आउने क्रममा जारी यसपटक पनि सबैभन्दा ठूलो पार्टी बन्ने देखिएको छ । तर उसले बहुमत भने गुमाउने भएको छ ।

कन्जरभेटिभ पार्टीले चार वर्ष अघिको तुलनामा धेरै सिटमा जित निकाल्ने भएको छ । क्यानडाको हाउस अफ कमन्समा ३३८ सिट छ । बहुमतका लागि १७० सिट चाहिन्छ । तर ट्रूडोको लिबरलले कम्तिमा १५६ सिटमा जित निकाल्ने देखिएको छ । यस्तै कन्जरभेटिभ पार्टीले कम्तिमा १२२ सिटमा जित निकाल्ने देखिएको छ ।

चुनावी नतिजा आउँदै गर्दा प्रधानमन्त्री ट्रूडोले देशबासीको नाममा सम्बोधन गरेर आउँदो सरकार सबैको सरकार हुने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू