अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५६ | Colorodo: 19:11

समाजमा नकारात्मक असर पर्ने गीत उत्पादन तथा प्रशारण नगर्न सरकारको आग्रह

बिआरटीनेपाल २०७६ कार्तिक ५ गते ९:१७ मा प्रकाशित

सरकारले तिहारमा समाजमा नकारात्मक असर पर्ने गीत उत्पादन तथा प्रशारण नगर्न आग्रह गरेको छ । गृह मन्त्रालयले सूचना प्रकाशित गरेर तिहारमा हुने देउसी भैलोलाई मनोरञ्जनात्मक क्रियाकलापका रुपमा मात्र मान्न अपील गरेको छ ।

साथै नेपाली भाषा, धर्म संस्कृति र सभ्यतालाई विकृत बनाई समाजमा नकारात्मक असर पर्ने गीत, संगीत तथा श्रव्यदृश्य सामागी उत्पादन तथा प्रशारण नगर्न आग्रह गरेको छ । भुइँचम्पा, पटका र आतिसवाजी जस्ता विस्फोटक पदार्थको विक्रिवितरण तथा प्रयोग नगर्न पनि सरकारले अपील गरेको छ ।

यसो गरेमा कानून अनुसारका कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिइएको गृहमन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू