अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३२ | Colorodo: 17:47

नेपाल–बंगलादेश व्यापारका आयाममाथि छलफल हुँदै

बिआरटीनेपाल २०७६ कार्तिक ५ गते ९:१८ मा प्रकाशित

नेपाल बंगलादेशबीच सहुलियतपूर्ण व्यापारका विविध आयाममाथि छलफल गर्न प्राविधिक समितिको बैठक काठमाडौंमा शुरु भएको छ । राजधानीमा मंगलबार शुरु बैठकमा दुई देशबीचको व्यापारीक संभावनाका विषयमा छलफल हुँदैछ । विशेष गरेर क्षेत्रीय उडान, उर्जा, जलमार्ग, कृषि उत्पादनको निकासी, खाद्य सुरक्षा, नेपाली धागो निकासी तथा दुवै देशका उपभोग्य वस्तुको आयात निर्यातबारे छलफल गरिने बताइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बैठकले दुई देशबीचको व्यापार विस्तारका सम्बन्धमा ठोस निर्णय हुने बताउनुभयो ।

बंगलादेश वाणिज्य मन्त्रालयकी सहसचिव सरिफा खानले दुई देशबीचको व्यापार प्रवद्र्धनका सम्बन्धमा यसअघि पनि छलफल भइसकेकाले बैठकले त्यसबारे महत्वपूर्ण निर्णय गर्नेमा आफू आशावादी रहेको बताउनुभयो । प्राविधिक समितिको बैठकले गरेका निर्णयहरु दुवै देशको सचिवस्तरीय निर्देशक समितिले अनुमोदन गरेपछि कार्यान्वयनमा जाने छ । बैठकमा नेपालका तर्फबाट १५ र बंगलादेशका तर्फबाट ७ सदस्यीय प्रतिनिधिमण्डल सहभागी छन् । बैठक बुधबारसम्म चल्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू