अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१५ | Colorodo: 23:30

ब्राजिलमा विमान दुर्घटना , ३ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ कार्तिक ५ गते ९:१२ मा प्रकाशित

ब्राजिलको बेलो हरिजोन्ट सहरमा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा ३ व्यक्तिको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य तीन व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । इन्जिनमा समस्या आएपछि राजधानी सहर मिनास गेराइज राज्यको आवासीय इलाकाको सडकमा सो विमान खसेको थियो ।

विमानले सडकमा गुडिरहेका तीनओटा कारलाई ठक्कर दिएको र त्यसलगत्तै विमानमा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शीहरुकाअनुसार यस विमान विस्फोटमा परी चारओटा गाडी पूर्णरुपले क्षतिग्रस्त भएका छन् । विमानमा एक चालक र तीन यात्री सवार थिए ।

विमानका एक व्यक्ति, कारका १ र अर्का १ पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । विमानका ३ र १ कार यात्री घाइते भएका छन् । घाइतेहरुको अवस्था चिन्ताजनक रहेको अस्पतालको भनाइ उद्धृत गर्दै स्थानीय अधिकारीहरुले बताएका छन् ।

इल्हेअस सहरका लागि उडेको केही समयभित्रै विमान दुर्घटना भएको थियो । यसै वर्ष ब्राजिलको यही क्षेत्रको सडकमा २ ओटा विमान दुर्घटना भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू