अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३६ | Colorodo: 19:51

प्रधानमन्त्री ओली र आफूबीचमा विवाद नरहेको प्रचण्डको दाबी

बिआरटीनेपाल २०७६ कार्तिक ५ गते ९:०८ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुनै विवाद नरहेको बताउनुभएको छ । आलोपालो प्रधानमन्त्रीलाई लिएर नेकपाका दुई अध्यक्षको दुरी बढेको आशंका भइरहेका बेला प्रचण्डले भने हल्लाको पछाडि नलाग्न आग्रह गर्नुभएको छ ।

पाँचथरमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी एकता गर्ने भएका समझदारीहरु कार्यान्वयनका क्रममा रहेको बताउनुभयो । सहमति कार्यान्वयनमा अगाडि बढिरहेका र सबै समझदारीहरु महाधिवेशनसम्म जाँदा कार्यान्वयन हुने अध्यक्ष प्रचण्डले बताउनुभयो । पार्टी एकताका क्रममा भएका सहमति कतैबाट पनि नतोडेको अध्यक्ष प्रचण्डको भनाई थियो ।

अर्का अध्यक्ष ओली र आफुबीचको सहमति कार्यान्वयन नभएको भन्दै सञ्चारमाध्यममा आएका खबर भ्रममात्रै भएकाले होहल्ला र प्रचारबाजीको भर नपर्न प्रचण्डले कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । आफुहरु दुई जनाबीच सहमतिमै सबै कुरा अगाडि बढिरहेको भन्दै उहाँले आगामी महाधिवेशनसम्म सहमतिकै आधारमा अघि बढ्न तयार रहेको उल्लेख गर्नुभयो ।

सञ्चारमाध्यममा आएका कुरामा असमझदारी नहोस् भन्नकै लागि सोमबार प्रधानमन्त्रीसँग दुई घण्टा कुुराकानी भएको जानकारी दिँदै प्रचण्डले वातावरण सकारात्मक रहेको र सहमति छिट्टै कार्यान्वयन हुने प्रष्ट पार्नुभयो । अध्यक्ष प्रचण्डले शान्ति प्रकृयाका बाँकी काम चाँडै टुङग्याउन प्रमुख राजनीतिक दलहरु तयार भएकाले प्रक्रिया चाडै टुङ्गिने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू