अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५४ | Colorodo: 14:09

मार्सल आर्टस् प्रशिक्षक शर्मा ब्राजिलमा गोल्ड मेडलद्धारा सम्मानीत

बिआरटीनेपाल २०७६ कार्तिक ४ गते ८:१३ मा प्रकाशित

अन्तर्राष्ट्रिय कराँते महासंघले नेपालका टोली प्रशिक्षक दिनेश शर्मालाई सम्मान गरेको छ। ब्राजिलमा भएको विश्व कराँते च्याम्पियनसिपमा नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका महासचिवसमेत रहेका प्रशिक्षक शर्मा सम्मानित हुनुभएको हो ।

नेपालमा मार्शल आर्टसको विकास र विस्तारमा उल्लेख्य योगदान पुर्याएको भन्दै शर्मालाई अन्तर्राष्ट्रिय कराँते महासंघले एप्रिसेसन अवार्ड र गोल्ड मेडलले सम्मान गरेको हो। बारा निजगढ– ३ सिंगौल निवासी प्रशिक्षक शर्मा यसअघि अमेरिका, बेलायत, जर्मनी, भारत लगायतका देशबाट सम्मानित भईसक्नुभएको छ ।

त्यही अवसरमा विश्व कराँते च्याम्पियनसिपमा ६० देखि ६५ किलोको खुल्ला प्रतियोगिताको कुमुतेतर्फ कांस्य पदक विजेता राजकुमार दराई र टिम म्यानेजर रामकृष्ण श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू