अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५१ | Colorodo: 19:06

उपनिर्वाचनका लागि अधिकृत तोकियो

बिआरटीनेपाल २०७६ कार्तिक ४ गते ८:०९ मा प्रकाशित

निर्वाचन आयोगले मंसिर १४ गते हुने उपनिर्वाचचनका लागि ५२ जना निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगको हिजोको बैठकले ३७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ११ जना न्याया सेवाका राजपत्रांकित द्धितीय श्रेणीका अधिकृतलाई निर्वाचचन अधिकृतमा नियुक्त गरेको छ ।

उपनिर्वाचनमा विभिन्न ३७ जिल्लामा प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहको प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ गरी ५२ पदमा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू