अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५२ | Colorodo: 08:07

प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता

बिआरटीनेपाल २०७६ कार्तिक ४ गते ८:०८ मा प्रकाशित

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षबीच छलफल भएको छ। सत्यनिरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोग नेतृत्व छान्ने र समसामयिक राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार भेटघाट भएको हो।

भेटमा द्वन्द्वकालीन मुद्दाहरूलाई छिटो टुंग्याउने विषयमा कुराकानी भएको बैठकमा सहभागी नेकपा नेता सुवासचन्द्र नेम्वाङ जानकारी दिनुभयो । बैठकमा त्यस्तो ठोस निर्णय केही नभएपनि सत्ता र प्रतिपक्षबीचको सामान्य कुराकानी भएको उहाँको भनाई थियो । भेटमा मूलतः द्वन्द्वकालीन घटनाबारेको विधेयकबारे छलफल भएको बताईएको छ । द्वन्द्वकालीन मुद्दाहरू चाँडै टुंग्याउनेबारे छलफल भएको नेम्वाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू