अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५१ | Colorodo: 04:06

इङ्गलिस प्रिमियर लिग – लिभरपुर र म्यानु वरावरीमा

बिआरटीनेपाल २०७६ कार्तिक ४ गते ७:५५ मा प्रकाशित

इङ्गलिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग बराबरी खेलेको छ । म्यान्चेस्टर युनाइटेडको मैदानमा गएराति भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो । खेलको ३६ औं मिनेटमा मार्कोस राष्फोर्डले गोल गर्दै घरेलु टोली म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाए । तर, खेलको ८५ औं मिनेटमा सब्सटीच्युट खेलाडी एडम लालनाले गोल गर्दै लिभरपुललाई हारबाट जोगाए ।

खेल बराबरीमा रोकिएपनि लिभरपुलले अंक तालिकाको अग्रता भने कायमै राखेको छ । लिभरपुलले ९ खेलबाट २५ अंक जोडेको छ । जारी लिगमा अघिल्ला ८ खेल जितेको लिभरपुलको यो पहिलो बराबरी हो । समान खेलबाट १९ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटी र चौथो स्थानको चेल्सीको समान १७ अंक रहेको छ । १५ अंकसहित पाँचौ स्थानमा रहेको आर्सनलले आज राति सेफिल्ड युनाईटेडसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू