अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१२ | Colorodo: 22:27

पोखरा प्रिमियर लिग (पीपीएल) मंसिर अन्तिम साताबाट

बिआरटीनेपाल २०७६ कार्तिक ४ गते ७:५५ मा प्रकाशित

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको मिति एक महिना पछि सरेको छ । सोमबार आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले प्रेस विज्ञप्ति निकाल्दै यसअघि कात्तिक चौथो साताबाट हुने तय भएको पीपीएल समय सार्दै मंसिर २८ देखि पुस १२ सम्म हुने बताएको हो ।

प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । पोखरा क्रिकेट रंगशालामा आयोजना हुने पीपीएलमा चितवन राईनोज, पोखरा पल्टन, विराटनगर टाईटन्स, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज सहभागी रहेका छन् । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग), इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को नेपाल भ्रमण लगायत कारण प्रतियोगिताको समय सारिएको आयोजकले जानकारी गराएको छ ।

साथै उक्त समयमा नेपाली यू–१९ टिमको भारत भ्रमण पनि परेकाले प्रतियोगिताको समय सार्न लागिएको आयोजकले जनाएको छ । नेपालमा हुने १३ औं साग मंसिर १५ देखि २४ गतेसम्म हुनेछ ।

प्रतिक्रिया