अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४७ | Colorodo: 14:02

प्रधानमन्त्रीद्वारा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास

बिआरटीनेपाल २०७६ कार्तिक ४ गते ७:४४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा सुरुङमार्गको शिलान्यास गर्नुभएको छ । चन्द्रागिरी नगरपालिका १ दहचोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सुरुङमार्गको शिलान्यास गर्नुभएको हो । सडक विभाग अन्तरगतको नागढुंगा सुरुङमार्ग आयोजनाले जापानी कम्पनी हाजमा–आन्दो जेभीलाई यो सुरुङमार्ग बनाउने ठेक्का दिइएको छ ।

सुरुङमार्गको डिजाइन जापान सरकारले गरेको हो । शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यो संगै सरकार एक कदम अगाडी बढेको र नयाँ युगको सुरुवात भएको टिप्पणी गर्नुभयो । सुरुङ मार्गको काम ४२ महिनामा सकिने भनिएको भएपनि अझै छिटो गर्न कम्पनिलाइ आग्रह गरिएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले सरकारले बिकास निर्माणको कामलाइ प्राथामिकता दिएको भन्दै पुर्वपश्चिम राजमार्गको चौडाइ बढाउने काम पनि चलिरहेको जानकारी दिनुभयो । यसैबर्ष १६ सय किलोमिटर सडक कालोपत्रे गरेको प्रधानमन्त्रीको दाबी थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू