अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

“अब नो स्ट्रिट पिपुल”– प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ कार्तिक ४ गते ७:४४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका कुनै पनि सडकका पेटीमा ’सडक मानिस’ देख्न नपर्ने बताउनुभएको छ । सोमबार दिउँसो नागढुंगा– नौबिसे सुरुङ मार्ग शिलान्यास कार्यक्रम बोल्दै उहाँले सडकमा जिंग्रिङ्ग भएर अब कोही पनि बस्न नपर्ने बताउनुभयो ।

अव सडकमा कोही पनि सुतेको, जिंग्रिङ्ग भएर बसेको देख्नु नपर्ने उल्लेख गर्दै उहाँले सडकमा मान्छे हुनै नसक्ने जिकिर गर्नुभयो । सरकारले हरेक नागरिकको लागि आवासको ब्यवस्था गर्ने भएकोले मुलुकमा “नो स्ट्रिट पिपुल” हुने उहाँको भनाई थियो ।

कार्य प्रधानमन्त्रीले सडक बालबालिका पनि देख्न नपर्ने बताउनुभयो । सरकारले सडक बालकालिकाहरुलाई भएसम्म आफ्नै घरका व्यक्तिलाई जिम्मा लगायउने र घरबार नै नभएकालाई सरकारले जिम्मा लिने ओलीको भनाई थियो । “कोही पनि नभएका बालबालिकाको जिम्मा सरकारले लिन्छ। लालनपालन, शिक्षा सरकारले दिन्छ र योग्य नागरिक बनाउँछ । यो जिम्मा सरकारकै हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू