अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०० | Colorodo: 05:15

भारतीय प्रधानमन्त्री मोदीको टर्की भ्रमण रद्द

बिआरटीनेपाल २०७६ कार्तिक ३ गते ९:२९ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको टर्की भ्रमण रद्द भएको छ । द हिन्दूमा प्रकाशित भएको खबर अनुसार कश्मीर मामिलामा टर्कीको धारणालाई लिएर मोदीको भ्रमण रद्द गर्ने निर्णय भारतले गरेको हो ।

गएको सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले जम्मू–कश्मीरलाई स्वायत्तता प्रदान गर्ने भारतीय संविधानको धारा ३७० निष्प्रभावी बनाएको सम्बन्धमा बोल्नुभएको थियो । उहाँले यसमा पाकिस्तानको साथ दिएका छन् । यही कारण मोदीको भ्रमण रद्द भएको हो ।

मोदी यो वर्षको अन्त्यमा टर्की जाने तयारी थियो । गएको जुनमा मोदी र एर्डोगानको भेटको क्रममा भ्रमणको कुरा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू