अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

अष्ट्रेलियामा नेपालीको शान , भट्ट बने च्याम्पियन अफ च्याम्पियन

बिआरटीनेपाल २०७६ कार्तिक ३ गते ९:२० मा प्रकाशित

अष्ट्रेलियामा एक नेपाली युवा शारीरिक सुंगठनमा च्याम्पियन अफ च्याम्पियन बनेका छन् । काठमाडौंमा रहेको सेप्स टु फिटनेस सेन्टरबाट सहभागी भएका प्रेमराज भट्ट च्याम्पियन अफ च्याम्पियन बनेका हुन् । विश्व शारीरिक सुगठन अन्तर्गत न्यु साउथ वेल्स, अष्ट्रेलिया टाइटल २०१९ को लागि आइतबार लिभरपुलको क्याथलिक क्लबमा भएको फाइनल प्रतिस्पर्धामा भट्टले पुरुष फिजिक्सतर्फ उपाधि जितेका हुन् । जितसँगै भट्टले अष्ट्रेलियाको राष्ट्रिय खेलमा न्यु साउथ वेल्स राज्यका तर्फबाट प्रतिनिधित्व गर्नेछन् ।

पुरुष फिजिक्सतर्फ विगिनर (पहिलो पटक) र सर्टहाइट (१७२ सेन्टिमिटर)मा प्रतिस्पर्धा गरेका भट्टले दुबैमा स्वर्ण पदक जित्न सफल भए । त्यसपछि सबै समूहभित्र स्वर्ण जित्ने खेलाडीको प्रतिस्पर्धामा पनि उनी विजेता बन्दै च्याम्पियन अफ च्याम्पियन बनेका हुन् । राज्यस्तरीय खेलमा भट्ट नेपाली क्लबबाट फिटनेस नेपाल (क्याम्सी), सेप्स टु (काठमाडौं)बाट सहभागी भएका थिए।

प्रतियोगितामा डेढ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुषतर्फ समग्र प्रतियोगिताको च्याम्पियन बनेका भट्टले ट्रफी र मेडल हात पारे । साथै न्यु साउथ वेल्स शारीरिक सुगठन संगठनमा वर्ष विजेताका रुपमा उनको नाम लेखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू