अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२२ | Colorodo: 11:37

इंङ्गलिस प्रिमियर लिग फुटबलः म्यान्चेस्टर सिटी र चेल्सी विजयी

बिआरटीनेपाल २०७६ कार्तिक ३ गते ९:१७ मा प्रकाशित

इंङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र चेल्सी विजयी भएका छन् । गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले क्रिष्टल प्यालेसलाई २–० ले हरायो । सिटीका लागि ग्याब्रिएल जिसस र डेभिड सिल्भाले एक एक गोल गरे । प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले न्युकासल युनाईटेडलाई १–० ले पराजित र्गयो । आफ्नै मैदानमा सम्पन्न खेलमा चेल्सीलाई कठिन जित दिलाउन मार्कस अलन्सोले ७३ औं मिनेटमा निर्णायक गोल गरे ।

गएराति भएका अन्य खेलहरुमा एभर्टनले वेष्ट ह्याम युनाईटेडलाई २–० ले हराउँदा लेष्टर सिटीले बर्नलेमाथि २–१ को जित निकाल्यो । यसैगरी एस्टन भिल्लाले ब्राईटनलाई २–१ ले पराजित गर्दा टोटनह्याम हट्सपर र वाट्फोर्ड तथा साउथह्याम्प्टन र वुल्भरह्याम्पटनले १–१ गोलको बराबरी खेले । वर्नमाउथ र नरिच सिटीले गोलरहित बराबरीमा चित्त बुझाए ।

प्रिमियर लिग फुटबलमा आज राति शीर्ष स्थानको लिभरपुलले म्यान्चेस्टर युनाईटेडसँग खेल्नेछ । यो खेल म्यान्चेस्टर युनाईटेडको मैदानमा नेपाली समय अनुसार बेलुकी सवा ९ बजे सुरु हुनेछ ।

प्रतिक्रिया