अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५२ | Colorodo: 00:07

चिलीमा मूल्य वृद्धिको विरोधमा आन्दोलन चर्किएपछि मूल्य वृद्धि फिर्ता

बिआरटीनेपाल २०७६ कार्तिक ३ गते ९:१५ मा प्रकाशित

चिलीमा मूल्य वृद्धिको विरोधमा चर्किएको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति सेबास्टिन पीनेराले मूल्य वृद्धि गर्ने निर्णय स्थगित गर्नुभएको छ । राजधानी सान्टियागोमा आपतकालीन अवस्थाको घोषणा गर्दा पनि प्रदर्शन नरोकिएपछि सरकार आफनो निर्णय फिर्ता लिन बाध्य भएको हो ।

रातको समयमा प्रदर्शन झन चर्किएपछि कफर्यु आदेश जारी गरिएको थियो । मेट्रो रेलको टिकटमा गरिएको मूल्य वृद्धिको विरोधमा स्कुल तथा विश्वविद्यालयका विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले मेट्रो रेल सेवाका विभिन्न संरचनामा तोडफोड गरेका छन् ।

प्रदर्शनकारीले कैयौँ भूमिगत रेल स्टेशनहरूमा आक्रमण गरेका छन् भने प्रहरीको गाडीमा आगो लगाइदिएका छन् । प्रदर्शन नियन्त्रणका लागि दंगा प्रहरीले अश्रु ग्यास प्रहार गर्दा कयौं प्रदर्शनकारी घाइते भएका छन् ।

उच्च आवतजावत हुने समयमा इन्धनको मूल्य बढेको र मुद्राको मूल्य घटेका कारण भाडा दर करिव १ दशमलव १७ डलरले बढाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू