अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४४ | Colorodo: 14:59

सांसद मोहमद आफताब आलमलाइ थप ५ दिन थुनामा राख्न अदालतको आदेश

बिआरटीनेपाल २०७६ कार्तिक ३ गते ९:१३ मा प्रकाशित

विभिन्न व्यक्तिलाई जलाएर मारेको अभियोगमा १२ वर्षपछि पक्राउ परेका सांसद तथा पूर्वमन्त्री मोहमद आफताब आलमलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले आदेश दिएको छ । आज न्यायाधीश चाणकमणि अर्यालको इजलासले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

यसअघि अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो । आलमलाई प्रहरीले घटना भएको १२ वर्षपछि २६ गते आइतबार रौतहटस्थित आफताब निवासबाटै पक्राउ गरेको थियो । १२ वर्षअघि पहिलो संविधानसभा चुनावका बेला आलमकै घर नजिक भएको बम विष्फोटमा परी केहीको घटनास्थलमै मृत्यु भएको थियो ।

विष्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ परेसँगै आफताबलाइ सांसदको हैसियतमा कुनै पनि अधिकार प्रयोग गर्न पाउने छैनन् । हत्याकाण्डबारे जाहेरी दिने शेख रूक्साना खातुनलाई गोली हानेर मारेको आरोप समेत लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू