अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२५ | Colorodo: 09:40

भ्रमण बर्ष सफल पार्न गैर आवासीय नेपालीसँग पर्यटनमन्त्री भट्टराईको आग्रह

बिआरटीनेपाल २०७६ कार्तिक ३ गते ९:११ मा प्रकाशित

सरकारले विश्वका विभिन्न देशमा ‘नेपाल भ्रमण वर्ष सम्भावना दूत’हरु पनि नियुक्त गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन विश्वका विभिन्न मुलुकमा तत्काल सम्भावना दूतहरु नियुक्त गर्ने तयारी गरिएको जानकारी दिनुभएको हो ।

मन्त्री भट्टराईले सम्भावना दुत नियुक्तिका लागि उपर्युक्त व्यक्तिको छनौटका लागि सिफारिस गर्न गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई आग्रह गर्नुभयो । एनआरएनएका नवनिर्वाचित पदाधिकारीसँग आज भएको सामूहिक भेटमा मन्त्री भट्टराईले गैर आवासीय नेपालीहरुले सहयोग गरे नेपालमा पर्यटन प्रवद्र्धन गर्न कुनै समस्या नरहेको बताउनु भयो । नेपालको अर्थतन्त्रमा १० प्रतिशत योगदान पर्यटन क्षेत्रको हुने गरी पर्यटन प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध भएर लागि परेको जानकारी पनि उहाँले दिनुभयो ।

विगतमा सरकारले यथोचित ध्यान दिन नसकेकाले नेपालमा पर्यटक प्रवद्र्धन गर्ने काममा समस्या देखिएको उहाँको भनाई थियो । मन्त्री भट्टराईले जननिर्वा्चित तीनै तहको सरकारहरुले काम गरिरहेकाले मुलुकमा छिट्टै सुशासन आउनेमा आश्वस्त हुन पनि सबैलाई आग्रह गर्नुभयो । मुलुकलाई समृद्ध बनाउन पर्यटन क्षेत्रको विकासमा सरकारले यथोचित ध्यान दिने प्रतिवद्धता समेत उहाँले जनाउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू