अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४३ | Colorodo: 19:58

सरकारी वकिलको कार्यालयमा सांसद् कृष्ण बं महराको बयान, थप ५ दिन थुनामा राख्न अनुमति

बिआरटीनेपाल २०७६ कार्तिक ३ गते ९:१० मा प्रकाशित

यौन दुर्व्यवहारका आरोपी सांसद कृष्णबहादुर महराले सरकारी वकिलको कार्यालयमा बयान दिनुभएको छ । प्रहरीसँग बयान दिन नमानेका महराले जिल्ला सरकारी वकिलको कार्यालयमा करिब ७ घण्टा लामो बयान दिनुभएको हो । बयान सकिएपछि उहाँलाई काठमाडौं जिल्ला अदालत लगिएको थियो ।

प्रहरी स्रोतका अनुसार महरालाई थप ५ दिन हिरासतमा राख्नका अदालतले आदेश दिएको छ । जबरजस्ती करणी उद्योगको मुद्दामा अनुसन्धानका लागि महरालाई अदालतले २८ असोजमा १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । तर महरा १८ गते पक्राउ परेकाले त्यसमा पक्राउ परेको दिनदेखिको समय जोडिएको थियो ।

जबरजस्ती करणी उद्योगमा बढीमा २५ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी व्यवस्था छ । संसद सचिवालयमै कार्यरत एक महिलालाई उनको तीनकुनेस्थित कोठामा गएर महराले असोज १२ गते यौन दुर्व्यवहार गरेको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू