अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४९ | Colorodo: 07:04

मेक्सिको हुँदै अमेरिकामा पस्न खोज्ने ३२५ बढी भारतीयलाई स्वदेश फर्काईयो, नेपालीहरु समेत पक्राउ

बिआरटीनेपाल २०७६ कार्तिक २ गते ८:३२ मा प्रकाशित

अमेरिकामा अवैध रुपमा प्रवेश गर्न प्रयास गरिरहेका ३२५ भन्दा बढी भारतीयलाई मेक्सिको सरकारले भारत फिर्ता पठाएको छ । एक महिलासमेत रहेको उक्त समूह दिल्ली पुगिसकेको बताईएको छ । फर्काएका मानिससँग मेक्सिकोमा बस्नको लागि आवश्यक कुनै पनि कागजात थिएन । यसै कारणले तिनलाई फिर्ता गरिएको मेक्सिकोका अधिकारीले बताएका छन् ।

मेक्सिकोको राष्ट्रिय आप्रवासनसम्बन्धी संस्थानले जारी गरेको एक प्रेस विज्ञप्ती अनुसार मेक्सिकोमा बस्न आवश्यक सर्त पूरा नगरेका भारतीयहरुलाई टोलुबा सिटी अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली फर्काइएको हो । भारतीय संचारमाध्यमा अनुसार यी सबै भारतीय पछिल्लो केही महिनामा अन्तर्राष्ट्रिय एजेन्सीको सहयोगबाट गैरकानूनी ढंगले मेक्सिकोको पुगेका थिए । उनीहरु मेक्सिकोको मार्गबाट अमेरिका प्रवेश गर्न खोजेका थिए ।

भारतमा अवतरण गरिसकेपछि समूहका एक सदस्य गौरव कुमारका अनुसार उनीहरुलाई एजेन्टले जंगलको बाटो त्यहाँ पु¥याएका थिए । करिब दुई हप्तासम्म उनीहरु जंगलमा हिडेका थिए । भारतीय नागरिकलाई पक्राउ गरी फिर्ता पठाईएपनि त्यहाँ रहेका श्रीलंका, नेपाल र क्यामरुनका नागरिक अलपत्र परेका छन् ।

ठूलो संख्यामा मानिसहरु अमेरिका जानको लागि मेक्सिको प्रयोग गर्छन् । अमेरिकाको दक्षिणी सिमाना मेक्सिकोसँग जोडिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू