अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१८ | Colorodo: 18:33

साइबेरियामा बाँध भत्कँदा कम्तीमा १५ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ कार्तिक २ गते ८:२८ मा प्रकाशित

रुसको साइबेरियास्थित क्रास्नोपार्क्स् क्षेत्रमा बाँध भत्कँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । १३ जना हराइरहेका छन् । घटनामा घाइते भएका १४ जना सुनखानी मजदुरलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ । शनिबार भारी वर्षापछि आएको बाढीका कारण बाँध भत्किएको स्थानीय अधिकारीहरुले जनाएका छन् । बाँध निर्माणकाक्रममा सुरक्षा अनुगमनलाई उल्लंघन भएको भन्दै अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू