अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

चिलीमा हिंसात्मक प्रदर्शन, आपत्कालीन अवस्थाको घोषणा

बिआरटीनेपाल २०७६ कार्तिक २ गते ८:२७ मा प्रकाशित

चिलीमा मूल्यवृद्धिको विरोधमा चर्किएको प्रदर्शन हिंसात्मक बनेपछि राजधानी सान्टियागोमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । मेट्रोरेलको टिकटमा गरिएको मूल्यवृद्धिको विरोधमा स्कुल तथा विश्वविद्यालयका विद्याथीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले मेट्रोरेल सेवाका विभिन्न संरचना व्यापक तोडफोड गरेका छन् । प्रदर्शनकारीहरुले प्रहरीको गाडी तोडफोड गर्नुका साथै केहीमा आगजनीसमेत गरेका छन् । प्रदर्शन नियन्त्रणका लागि दंगा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

शान्ति–सुव्यवस्था कायम गर्न आपत्कालीन अवस्थाको घोषणा गरिएको भन्दै राष्ट्रपति सेबास्टिन पिनेराले वार्ताका लागि प्रदर्शनकारीहरुलाई आग्रह गर्नुभएको छ । चिलीमा राजधानी सान्टियागोको महँगो जीवनशैलीलगायतका कारण पनि आर्थिक सुधारको माग बढ्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू