अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५४ | Colorodo: 02:09

नेपाल भ्रमण वर्षको सद्भावना दूतमा चिनियाँ अभिनेत्री सु चिङ नियुक्त

बिआरटीनेपाल २०७६ कार्तिक २ गते ८:२३ मा प्रकाशित

नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतमा चिनियाँ अभिनेत्री सु चिङ नियुक्त हुनुभएको छ । आज काठमाण्डौंमा आयोजित एक कार्यक्रममा अभिनेत्री सुलाई सद्भावना दूत घोषणा गरिएको हो । कार्यक्रममा चिनियाँ अभिनेत्री चिङले सद्भावना दूत बन्न पाउँदा खुशी लागेको बताउनुभयो ।

पर्यटनमन्त्री योगेश भट्टराईले नेपाली भृकुटीले चीनका राजकुमारसँग विवाह गरेको प्रसंग सुनाउँदै चिङ भृकुटीको छोरी भएकाले नेपाल चिंङको मावली भएको बताउदै आफ्नो मावलीमा साथीभाइ र अरुलाई जान आग्रह गर्ने बताउनुभयो ।

सन् १९९० मा ‘लाइफ अन ब स्ट्रिङ’मार्फत् चिनियाँ फिल्मबाट डेब्यू गर्नुभएका चिङले ‘डार्क अब्सेसन’, ‘द इम्पेरर्स स्याडो’, ‘आइ लभ यू टू’, ‘मिस्टर सिक्स’ लगायत दर्जन बढी चिनियाँ र हलिउड फिल्ममा अभिनय गर्नुभएको छ ।

प्रतिक्रिया