अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१९ | Colorodo: 19:34

आलममाथिको पूर्वाग्रहमुक्त अनुसन्धानमा सघाउने काँग्रेस सभापति देउवाको प्रतिवद्धता

बिआरटीनेपाल २०७६ कार्तिक २ गते ८:२१ मा प्रकाशित

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद आफताव आलमको मुद्दामा पूर्वाग्रह र दबावमुक्त रहेर अनुसन्धान हुनुपर्ने बताउनुभएको छ । नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यक्रममा आलमबारेको आफ्नो अभिव्यक्ति विवादमा परेपछि देउवाले विज्ञप्ति मार्फत स्पष्टीकरण दिनुभएको हो ।

कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा सत्य अन्वेषणमा बाधा पुग्ने भन्दै देउवाले १२ वर्ष पुरानो मुद्दामा आफुले यस्तै संकेत गरेको तर कानुनी राज्यमा विश्वास गर्ने काँग्रेस कोही माथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन नसक्ने बताउनुभयो ।

आलमको मुद्दामा पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्न काँग्रेसले सघाउने उहाँले बताउनुभयो । ‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु,’ देउवाले निकालेको विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू