अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३३ | Colorodo: 01:48

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो

बिआरटीनेपाल २०७६ कार्तिक २ गते ८:२१ मा प्रकाशित

पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भई चिसो बढेको छ । वायुको प्रभावले आज देशका उच्च पहाडी भू–भागका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन बाहिरिएसँगै निरन्तर न्यूनतम तापक्रम घट्नेक्रम शुरु भएकाले चिसो महसुस भएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । राति देशका पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पश्चिमी भू–भागमा आङ्शिक बदली भई मध्यपहाडी भू–भागका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि देशभर आंशिकदेखि सामान्य बदली रही देशका पूर्वी र पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू