अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२२ | Colorodo: 22:37

किन जान्छन महिला डेटिङ ? अध्ययनले खोल्यो यस्तो रहस्य

बिआरटीनेपाल २०७६ कार्तिक २ गते ८:२० मा प्रकाशित

पछिल्लो पटक गरिएको एक अध्ययनले महिलाहरु पुरुषसँग डेटिङ जाने बिषयमा नयाँ रहष्य खुलेको छ । आम रुपमा महिलाहरु पुरुषसँग सुमधुर सम्बन्ध स्थापित गर्न चाहन्छन् । कुनै पनि पुरुषसँग नजिक हुँदै गरेकी महिलाको चाहना रोमान्ससहित लामो सम्बन्ध स्थापित गर्ने नै हुन्छ । तर, पछिल्लो अध्ययनले सबै महिला रोमान्स वा जीवन साथीको रुपमा मात्रै पुरुषलाई स्वीकार गर्छन् भन्ने नरहेको तथ्य बाहिर ल्याएको छ ।

हरेक चार जना महिलामध्ये एक जना महिला रोमान्स वा लामो सम्बन्धभन्दा पनि सित्तैमा विभिन्न परिकार खान पाइन्छ भन्ने लोभमा पुरुषसँग नजिक हुने र डेटमा जाने गरेको पाइएको हो । अजुसा प्यासिफिक युनिभर्सिटी र युनिभर्सिटी अफ क्यालिफोर्निया–मेरेडको एक अध्ययनले सित्तैमा खाना खानकै लागि केही महिला डेटमा जाने गरेको तथ्य पत्ता लागेको बैज्ञानिकहरुले जनाएका छन । वैज्ञानिककाअनुसार यो अवस्थालाई ‘फुडी कल’ भनिन्छ । जहाँ महिला डेटिङको समयमा खानाको स्वाद लिन चाहन्छन् ।

महिलाहरुलाई खाना खाने मात्रै उद्देश्यले डेट जानु भएको छ ? भनेर सोधिएको थियो । यस क्रममा गएकी छु भन्नेहरुलाई कतिपटक जानु भएको छ भनेर पनि सोधिएको थियो । यसको जवाफमा रेटिङमार्फत उनीहरुको उत्तर खोजिएको थियो । १ देखि ६ सम्मको रेटिङ थिइएको थियो । १ रेटिङ दिनेको अर्थ हुन्थ्यो, उ कहिले पनि यस्तो डेटमा गएकी छैन । तर १ बाहेक ६ नम्बरसम्मको रेटिङ दिनेहरु भने कहिलेकाही जाने गरेको भन्ने बुझाउँथ्यो । यस्तै सोसल साइकोलोजिकल एण्ड पर्सनालिटी साइन्स जर्नलमा प्रकाशित शोधअनुसार ‘फुडी कल’ को अवस्था थुप्रै किसिमको सम्बन्धमा देखिएको थियो ।

अनलाइन अध्ययनका क्रममा ३३ प्रतिशत महिलाहरुले खाना खानकै लागि डेटमा जाने गरेको स्वीकार गरेका छन् । यसमा ६७ प्रतिशत महिलाले भने यसलाई अस्वीकार गरेका थिए । औसतमा ३४ वर्ष उमेर पुगेका ३५७ जना महिलामा यो सर्वेक्षण गरिएको थियो ।

महिलाहरुको अर्को एक समूहमा पनि यस्तो अध्ययन गरिएको थियो । यसमा ८२० जना महिलालाई सहभागी गराईएको थियो । उनीहरुलाई भने व्यक्तित्व तथा सम्बन्धका विषयमा प्रश्न सोधिएको थियो । यो समूहमा सहभागी २३ प्रतिशत महिलाले पनि खाना खाने उद्देश्यले नै डेटमा जाने गरेको स्वीकार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू