अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०३ | Colorodo: 18:18

‘सरकारले आलमलाई झूठो मुद्दा लगायो’–सभापति देउवा

बिआरटीनेपाल २०७६ कार्तिक १ गते ८:०७ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आफ्ना नेता तथा कार्यकर्तालाई अनावश्यक रुपमा दुःख दिन थालेको बताउनुभएको छ । सभापति देउवाले पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा शुक्रबार आयोजित कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्तालाई झूठा मुद्दा लगाउन थालिएको उल्लेख गर्नुभयो ।

‘सरकारले कांग्रेसलाई दुःख दिने नियत राखेको छ,’ उहाँले भन्नुभयो, ‘कांग्रेसका नेता तथा कार्यकर्तालाई विभिन्न वाहनामा झुठा मुद्दा लगाएर दुःख दिन थालेको छ ।’ सभापति देउवाले मोहम्मद अफताब आलममाथि षड्यन्त्र भएको बताउनु भयो, ‘सरकारले मोहम्मद अफताब आलमलाई प्रहरी लगाएर पक्राउ गर्यो’ उहाँले भन्नुभयो, ‘१२ वर्ष अघिको मुद्दालाई लिएर आलममाथि सरकारले अहिले झुठो मुद्दा लगाएको छ । यदि मुद्दा सही हो भने यत्तिका लामो समयसम्म के हेरेर बसेको थियो ? यो कांग्रेसविरुद्धको षडयन्त्र हो ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू