अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना

बिआरटीनेपाल २०७६ कार्तिक १ गते ८:०७ मा प्रकाशित

बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चन पछिल्लो तीन दिनदेखि मुम्बईको नानावती अस्पतालमा भर्ना हुनुभएको छ । नियमित चेकअपका लागि उहाँलाई अस्पताल भर्ना गरिएको हो । अमिताभलाई उपचारका लागि अस्पतालमा अझै केही दिन राखिने बताइएको छ ।

अमिताभलाई नानावती अस्पतालको गोप्य ठाउँमा राखिएको छ । यसलाई नियमित चेकजाँच भनिए पनि बिहान तीन बजे अस्पताल किन लगियो भन्ने बारे यथार्थ जानकारी बाहिर आएको छैन । अभिताभको स्वास्थ्य अवस्थाबारे अस्पतालले कुनै नोटिस जारी गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू