अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०८ | Colorodo: 05:23

चीनको आर्थिक वृद्धिदर सन् १९९० को दशक यताकै कम

बिआरटीनेपाल २०७६ कार्तिक १ गते ८:०४ मा प्रकाशित

चीनको अर्थतन्त्र अपेक्षा गरिए भन्दा पनि कमजोर भएको छ । यो वर्षको तेस्रो त्रैमासिकमा चीनको आर्थिक वृद्धिदर अनुमान गरिएको भन्दा पनि कम भएको हो । सेप्टेम्बरमा सकिएको तेस्रा त्रैमासिकमा चीनको आर्थिक वृद्धिदर ६ प्रतिशत रहेको जनाइएको छ । यो त्रैमासिकका लागि ६.१ प्रतिशतको वृद्धिदर आँकलन गरिएको थियो ।

अमेरिकासँगको व्यापार युद्धका कारण चीनको अर्थतन्त्रमा प्रभाव परेको हो । चीन सरकारले अर्थतन्त्रमा आएको मन्दी कम गर्नका लागि कर कटौतीसहितका उपाय अपनाए पनि वृद्धिदर अपेक्षा गरिए भन्दा कम भएको हो । यो दर सन् १९९० को दशक यताकै कम हो । चीन सरकारले यो वर्षको समग्र आर्थिक वृद्धिदर ६ देखि ६.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू